PFC Message from Mayor
शुभकामना सन्देश …!
भरतपुर महानगरपालिकाको वडा नं १४ रहेको पटिहानी फुटबल क्लबले फुटबल खेलसँग सम्बन्धित वेसाइट निर्माण गर्न लागेकोमा खुशी व्यक्त गर्दै बधाई तथा शुभकामना दिन चाहन्छु। समस्त युवाहरुलाई खेलविधा अन्तर्गतको फुटबल खेलप्रति आकर्षीत गर्ने उद्देश्यले बनाउन लागेको यस वेव-साइटले समग्र फुटबल प्रेमी, खेलाडी, प्रशिक्षक तथा सहयोगी सम्पूर्णलाई सहयोगी सामग्री हुने आशा व्यक्त गर्दछु।
यस क्लबले समुदाय स्तरमा लुकेर रहेका नयाँ तथा प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा सहभागी गराई युवाहरुलाई सुस्वास्थ र अनुशासित बनाउन उत्प्रेरित गर्ने र देशलाई फुटबलको क्षेत्रमा नयाँ आयाम थपिने बिश्वास लिएको छु।
अन्त्यमा वेब साइटलाई आबस्यकता अनुसार खेल क्षेत्रमा सिर्जनात्मक र रचनात्मक बनाई खेलप्रति आकर्षित बनाउँदै अझ सशक्त रुपमा अघि बढ्ने विश्वास लिएको छु।
मेयर
रेणु दाहाल
भरतपुर महानगरपालिका, चितवन