पटिहानी फुटबल क्लबको आयोजना तथा भरतपुर महानगरपालिका वार्ड न.१४ र २२ को विशेष संयोजनमा दोश्रो “पिएफसि इमर्जिङ कप 2080” को पौष ७ गतेबाट भरतपुर १४ स्थित सुन्दरबस्ती खेलमैदानमा आज बाट शुरूवात भएको छ।
जिल्ला समबन्यन समिती चितवन उप-प्रमुख कल्पना सापकोटा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा भरतपुर २२ वार्ड अध्यक्ष बिष्णुराज महतो तथा चितवन जिल्ला फुटबल संघकाअध्यक्ष श्रीकृष्ण कार्की बिशेष अतिथि रहनु भएको कार्यक्रममा दुबै वार्डका जनप्रतिनिधि लगायत संघ सस्थाका प्रतिनिधि हरुको बिशेष उपस्थित रहेको थियो । कार्यक्रम सन्चालन सन्तोष घिमिरेले गरेका थिए ।
पिएफसि इमर्जिङ कपको आज भएको दोश्रो खेलमा पारिजात बोर्डिङ स्कुलले बालकुमारी इङलिस बोर्डिङ स्कुललाई 3-0 ले पारजित गरि क्वाटरफाइनल मा प्रबेश गर्न सफल भएको छ
सो खेलमा ह्याटि्रक गरेका कसिभ श्रेष्ठ प्लेयर अफ द म्याच चुनिन सफल भएका छन। 
भोलि ८ गते पहिलो खेल माडि मा बि बसन्तपुर र सैनिक महाबिध्यालय चैनपुर बिच दिनको १२ बजे र दोश्रो खेल सोमेस्वर माबी माडि र गत बर्षको बिजेता सोमाङ जीव एकेडेमी बिच दिउँसो २ बजे हुनेछ।